काठमाण्डौ – साताको पहिलो दिने आईतबार नेप्से ६३ अंक भन्दा धेरैले बृद्धिभएको छ । योसँगै समग्र बजार २५ सय ३८ विन्दुमा पुगेको छ ।
गत साताको बुधबारबाट बढ्न सुरु गरेको बजार त्यस यता निरन्तर उकालो लागिरहेको छ । आज २ सय ६ कम्पनीहरुको शेयरको खरिद विक्रिमा ६ अर्व हाराहारीको कारोबार भएको छ । अघिल्लो साताको तुलनामा यो साता यो धेरै कारोबार पनि हो ।
आज कारोबार भएका मध्य १ सय ३८ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । आज नेप्सेका अधिकांस उपसूचकहरुमा हरियो पोतिएको छ भने जीवन विमा सम्बन्धी उप सूचक सबै भन्दा धेरै बढेको छ ।
आज १० कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ भने नेपाल बंगलादेश बैकको सबै भन्दा धेरै कारोबार भएको छ ।