काठमाण्डौ – केहि समय यता लगातार ओरालो लागेको नेप्से गत साताको मंगलबार देखि भने उकालो लाग्नेक्रम जारीनै छ ।
यसै विच साताको पहिलो दिने आइतबार कारोबार रकम र नेप्से दुवै बढ्ने देखिएको छ । यो समाचार तयार पार्दा दिनको १ बजे नेप्से ५२ अंकले बढेको छ भने कारोबार रकम पनि ३ अर्व हाराहारीमा पुगेको छ । त्यस्तै करिव १ दर्जन कम्पनीहरुको शेयर मूल्यमा सर्किट समेत लागेको छ ।
कारोबारको सुरुमा सर्किट लागेको ग्रीन लाईलको अहिले भने शेयर मूल्य घटेर कारोबार भइरहेको छ ।