• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

चन्द्रागिरीको शेयरमा लगातार तेस्रो हप्ता सर्किट

काठमाण्डौ – दुई साता अधिबाट दोस्रो बजारमा प्रवेश गरेको चन्द्रागिरी हिल्सको शेयर मूल्यमा लगातार तेस्रो हप्तामा पनि शेयर मूल्यमा सर्किट लागेको छ ।

योसँगै कम्पनीको प्रति शेयर मूल्य १४ सय २१ पुगेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर माग ५ लाख भन्दा धेरै रहेको छ ।

आजको दिनसम्म पनि कम्पनीको शेयर मूल्यमा अत्यधिक माग हुनुले यसको प्रतिशेयर मूल्य अझ बढ्न सक्ने अनुमान लगाउन सकिन्छ ।

त्यस्तै यस अघिकै हप्ता शेयर बजारमा आएको महिला लद्युवित्तको भने कारोबार हुन सकेको छैन । कम्पनीको शेयरको लागि ३ लाख हाराहारीको माग भएको भए पनि यो समाचार तयार पार्दा सम्म एक कित्ताको पनि कारोबार हुन सकेको छैन ।

कारोबार नभए सम्म शेयर मूल्य बढ्ने भएको हुँदा प्रति शेयर मूल्इ ४ सय ४६ रुपैयाँमै सिमित रहेको छ ।

प्रतिक्रिया