काठमाण्डौ–समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने तयारी गरेको छ । समिटले एफपीओ जारी गर्ने एजेण्डा सहित वार्षिक साधारणसभा बोलाएको छ ।
आगामी चैत २९ गते आयोजना आह्वान गरिएको साधारण सभाले प्रस्तावलाई पारित गरेपछि एफपीओ खोल्ने बाटो खुल्नेछ ।सजिलो लघुवित्त र समीट लघुवित्त आपसमा गाभिएपछि संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारणतर्फको ६ लाख कित्ता साधारण सेयर प्रिमियममा थप सार्वजनिक निष्कासन (एफपीओ) का माध्यमबाट जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने बताइएको छ । सभा प्रयोजनका लागि संस्थाले यही चैत १७ गतेदेखि सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।