• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

साताको पहिलो दिन प्रिओपनिङ सेसनमा २० अंकले बढ्यो नेप्से,लद्युवित्तको धेरै कारोबार

काठमाण्डौ साताको पहिलो दिन प्रिओपनिङ सेसनमा नेप्से करिव २० अंकले बढेको छ ।

गत साताको अन्तिम दिन ४३ अंकले बढेर बजार बन्द भएकोमा आज पनि सोहि लयमा बजार बढ्ने संकेत देखिएको छ । आजका बृद्धिसँगै नेप्से २४९४ विन्दुमा पुगेको छ ।

यो सेसनमा ५६ कम्पनीहरुको कारोबार भएकोमा ४३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ६ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीकै शेयर मूल्य यथावत रहेको छ ।

यो सेसनमा आज करिव ८६ लाखको कारोबार हुँदा लद्युवित्त सहूमको धेरै कारोबार भएको देखिन्छ ।

प्रतिक्रिया