काठमाडौ–सनराइज म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने सनराइज ब्लूचिप फण्डमा आज(आइतबार) मात्र आवेदन दिन सकिने भएको छ । सनराइज क्यापिटलका अनुसार सो फण्डमा आवेदन दिने आज अन्तिम दिन हो ।
क्यापिटलले चैत १ गतेदेखि एक अर्ब रुपैयाँ आकार अर्थात १० रुपैयाँ अंकित दरको १० करोडको इकाई निष्काशन गरेको थियो । १० करोड इकाई मध्ये कूल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सनराइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिएको छ ।
उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न कम्पनीको अनुरोध गरेको छ ।