काठमाण्डौ – मर्स्याङ्दी नदीमा ट्रक खस्दा एकै परिवारका ३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो साढे ३ बजे नासो गाउँपालिका-३ खोत्रोमा सिमेन्ट लोड गरेर लम्जुङबाट चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक खसेको नदीमा खसेको हो ।
मृत्यु हुनेमा नासो गाउँपालिका ४ ओडार बस्ने ३५ वर्षीया मनिषा गुरूङ, ३६ वर्षीया लालकाशी गुरूङ र अन्दाजी ६/७ वर्षीय थिउन गुरूङ रहेका छन्।
सो दुर्घटनामा अन्य ५ जना घाइते भएको र उहीहरुको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।