काठमाडौं – काठमाडौंको दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलमा फेला परेको शव विद्यार्थीको भएको पुष्टि भएको छ । उनीहरू दश कक्षमा अध्ययन गर्ने विद्यार्थी रहेको खुलेको छ ।
नुवाकोट घर भएका अर्जुन खड्का र काभ्रे घर भएका मंगल तामाङको शव पहिचान भएको प्रहरीले जानकारी दिएको छ । नुवाकोट छापा घर भएका १६ वर्षीय खड्का असनस्थित टेउडा स्कुलमा कक्षा १० मा पढ्थे ।
काभ्रेको भुम्लु सल्ले गाउँपालिका घर भएका १८ वर्षीय मंगलचाहिँ क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा अध्ययनरत थिए ।
‘