सुवेदीको छेकी छेकीमा राजेन्द्र सापकोटा र प्रिती आले

काठमाण्डौ – आफ्नो तीखो कलमबाट सबैलाई प्रभावित पार्न सक्ने उत्कृष्ट सिर्जना गर्ने धौलागिरीका सर्जक प्रल्हाद सुवेदीको उत्कृष्ट सिर्जना छेकी छेकी भर्खर मात्र सार्वजनिक भएको छ ।

यो साल उनले लेखेका गीतहरु निकै चर्चामा कमाईरहेका बेला नयाँ गीत सार्वजनिक भएको छ । माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतमा राजेन्द्र सापकोटा र प्रिती आलेले आवाज दिएका छन ।

यो गीतमा भने सुवेदीले लय समेत आफैले बनाएका छन । गीतको म्युजिक भिडियो निर्देशन कुमार केसीले गरेका छन भने दुर्गेश थापा र नम्रता सापकोटाले अभिनय गरेका छन ।

गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस

प्रतिक्रिया