जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीनजनाको ज्यान गयो।

सांकेतिक तस्बिर

काठमाडाैं - पछिल्लो समय नेपालमा सवारी दुर्घटनाका खबरहरू निकै बढीरहेका छन्। क्षमताभन्दा धेरै यात्रु र सडकको खराब अवस्थाका कारण देशमा सवारी दुर्घटना बढ्दै गएको विज्ञको भनाइ छ। 

यसै बीच सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको सात जनालाई उपचारको लागि सिन्धु अस्पतालमा उपचार भइरहेको छ ।  

दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएर आएको बा४ ख ५६१६ नम्बरको बस दुर्घटना दुर्घटनामा परेको हो । 

बसमा ५५ जना सवार रहेकोमा अन्य यात्रु भने सामान्य घाइते भएको भण्डारीले जानकारी दिए । 

प्रतिक्रिया