• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

साताको अन्तिम दिन नेप्से ४३ अंकले बढ्यो,कारोबार रकममा पनि सुधार

काठमाण्डौ – निरन्तर ओराले लागेको कारोबार रकममा साताको अन्तिम दिन विहिबार भने सामान्य सुधार आएको छ ।

आज नेप्स 43 अंकको बृद्धिसँगै समग्र बजार २४ सय ७५ विन्दुमा पुगेको छ । हिजो समेत नेप्सो करिव ४१ अंबले बढेको थियो । यो साताको सुरुवाती दिनमा ओरालो लागेको नेप्सो मंगलबारबाट भने बढ्न सुरु गरेको थियो । आज कारोबार रकम पनि ५ अर्व हाराहारीमा पुगेको छ ।

२ सय १३ कम्पनीहरुको दिनभरको कारोबारमा नेपाल बंगलादेश बैक भने अग्रपंगीतमा रह्यो । त्यस्तै आज ४ कम्पनीहरुको शेयर मूल्यमा समेत सकारात्मक सर्किट लागेर कारोबार भयो । नेप्सेका अधिकांस उप सूचहरुमा हरियाली छायो तर ब्यापार क्षेत्र भने सामान्य घट्न पुग्यो ।

आज कारोबार भएका मध्य १ सय ३४ कम्पनीको शेयर मुल्य बढेको छ भने ३४ कम्पनीको शेयर मुल्य भने घटेको छ साथै १० कम्पनीको शेयर मूल्य यथावत रहेको छ । आज दश करोड ५३ लाख भन्दा धेरै कित्ता शेयरको खरिद विक्रि भएको छ ।

प्रतिक्रिया