काठमाण्डौ – चन्द्रागिरी हिल्सको लगातार १३ दिन सम्म शेयर मूल्यमा सर्किट लागेको छ । सर्किट लागेर शेयर मूल्य विहिबार १२ सय ९२ पुगेको छ ।
कम्पनीको शेयर मूल्यमा कारोबार सुरु भएको पहिलो मिनेटमै सर्किट लागेको थियो । आज पनि सो कम्पनीको शेयरमा ५ लाख हाराहारीको माग रहेको छ । त्यस्तै मंगलबारबाट कारोबार सुरु भएको ग्रिन लाईफ इन्स्योरेन्सको समेत विहिबार सर्किट लेवलमा कारोबार भइरहेको छ ।
सो कम्पनीको पनि बजार खुलेको केहि सेकेण्डमै सर्किट लागेको थियो । आजको सर्किट सँगै कम्पनीको शेयर मुल्य ३ सय ९६ पुगेको छ । त्यस्सै योसँगै कारोबार खुलेको महिला लद्युवितको भने आज यो समाचार तयार पार्दा सम्म कारोबार हुन सकेको छैन ।