• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

विहिबार प्रिओपनिङ सेसनमा करिव १७ अंकले बढ्यो नेप्से

काठमाण्डौ – साताको अन्तिम दिन विहिबार प्रिओपनिङ सेसनमा नेप्से करिव १७ अंकले बढेको छ ।

बुधबार ४० अंकले बृद्धिभएर बजार बन्द भएकोमा आज पनि सकारात्मक सन्देश दिने गरि नेप्से बढेको छ । कारोबार भएका ४७ कम्पनीहरुमा ३७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको मात्र शेयर मूल्य घटेको छ । साथै ४ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

तीन दर्जन कम्पनीहरुको ५ प्रतिशत बराबरले शेयर मूल्य बढ्दा नेपाल बंगलादेश बैकको शेयरको कारोबार सबैभन्दा धेरै कारोबार भएको छ । यो सेसनमा २३ लाख भन्दा धेरैको मूल्यको कारोबार भएको छ ।

प्रतिक्रिया