काठमाण्डौ – लगातार ओरालो लागेको नेपाली शेयर बजार यो साता लागेपछि भने केहि लयमा फर्किएको छ । साताको चौथो दिन बुधबार नेप्से करिव ४१ अंकले बढेर समग्र हजार २४३२ विन्दुमा पुगेको छ ।
नेप्से बढेर उत्साह ल्याए पनि कारोबार रकम भने निरन्तर ओरालो लागेको छ । आज ३ अर्व ३३ करोड बराबरको मात्र कारोबार भएको छ । यो कारोबार विगत केहि महिना यताकै न्युन हो ।
आज बजारमा २ सय १२ कम्पनीहरुको कारोबार भएको छ भने आधा दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै १ सय ५५ कम्पनीको शेयर मूल्य बढ्दा १६ कम्पनीहरुको मात्र शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।
निफ्राको सबैभन्दा धेरै कारोबार हुँदा चिलिमे जलविद्युतको सबै भन्दा धेरै शेयर मूल्यमा गिरावट आएको छ । नेप्सका सबै उपसुचकहरुमा हरियाली हुँदा जीवन विमा तर्फको उपसूचक सबै भन्दा धेरै बढेको छ ।