• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सर्वोत्तम सिमेन्टले आईपीओ निष्कासन गर्ने जिम्मा ग्लोबल आईएमई क्यापिटललाई दियो

काठमाण्डौ – पछिल्लो समय सबैले निकै चासोका साथ हेरेको सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया विधिवत अगाडी बढेको छ ।

कम्पनीले बुक वील्डीङ विधि मार्फत शेयर निष्कासन गर्न लागेको छ । सर्वोत्तम सिमेन्टले बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक तथा एनआइबिएल एस क्यापिटल र प्रभु क्यापिटललाई सहायक बिक्रि प्रबन्धक चयन गरेको हो ।

कम्पनीले माघ ६ गतेको साधारणसभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । हाल कम्पनीको जारी पुँजी ४ अर्ब रहेको छ, जस मध्ये चुक्ता पुँजी ३ अर्ब ४० करोड रहेको छ । कम्पनीले ६० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार ६० लाख कित्तामध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइनेछ भने बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गरिनेछ ।

प्रतिक्रिया