काठमाण्डौ – दुई साता पहिला दोस्रो बजारमा प्रवेश गरेको चन्द्रागिरी हिल्सको लगातार १२ दिन सम्म सर्किट हान्ने पहिलो कम्पनी भएको छ । आज बुधबार करोबार सुरु भएको पहिलो मिनेटमै कम्पनीको शेयर मूल्य दश प्रतिशत बराबर बढेको छ ।
आज कम्पनीको शेयर मूल्य ११ सय ७५ रुपैयाँ पुगेको छ । त्यस्तै हिजो मात्र कारोबार सुरु भएको ग्रीन लाईफको जलविद्युतको पनि आज सुरुवातमै सकारात्मक सर्किट लागेको छ । साथै महिला लद्युवित्तको भने कारोबारन हुन नसक्दा शेयर मूल्य बढ्न सकेको छैन । आजको सर्किटसँगै गीनलाईफको शेयर मूल्य ३ सय ६० पुगेको छ ।