काठमाण्डौ – साताको तेस्रो दिन नेप्से करिव ३ अंकले बढेको छ । नेप्सेमा सुधार आए पनि कारोबार कम भने दिनहुँ घट्दै गएको छ । आज ३ अर्व ३७ करोड भन्दा धेरैको मात्र कारोबार भएको छ ।
निरन्तर ओरालो लागेको शेयर बजारले अहिले भने केहि सकारात्मक संकेत देखाएको छ । तर कारोबार घट्नुलाई भने खासै राम्रो संकेत मानिदैन ।
बजारमा आज २ सय १६ कम्पनीहरुको कारोबार भएको छ । जस मध्य करिव आधा दर्जन कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज नेपाल लाईफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । आज नेप्सेका अधिकांस उपसूचकहरुमा हरियो पोतिएको छ । तर व्यापार र जलविद्युतको सूचकमा भने ठुलो पहिरो आएको छ ।