मदिरा ल्याउन नपाएपछि कर्मचारी कुट्ने बोर्डका प्रमुखलाई सर्वोच्चको साथ

काठमाडौँ - नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई नहटाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायधीस दीपककुमार कार्कीको एकल इजलासले सरकारले हटाउन गरेको निर्णय कार्यान्वयन नगर्न आन्तरिक आदेश दिएको हो । 

पर्यटन मन्त्री प्रेम आलेको आदेशमा रेग्मीलाई सरकारले उनीमाथि लागेको आरोपको बारेमा छानबिन गर्न बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । 

छानबिन गरेसँगै निलम्बनमा परेका रेग्मी अदालतको आदेशले फेरी हाजिर हुने भएका छन् । रेग्मीलाई एमाले नेतृत्वको सरकारले १ वर्ष अघि नियुक्त गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय