काठमाण्डौ – केहि समय पहिला सर्वसाधारणको लागि शेयर विक्री खुल्ला गरेको चन्द्रागिरि हिल्सको शेयर मूल्य आकासिएको छ ।
मंगलबार सकारात्मक सर्किट सहित शेयर मूल्य हजार माथि पुगेको हो । बजार खुलेको आधा घण्टामै यसको सेयर मूल्य बढेर प्रतिसेयर एक हजार ६९ रुपैयाँ भएको हो । चन्द्रागिरिको सेयर मूल्य ९।९८ प्रतिशतले बढेको छ ।
कम्पनीको शेयर मूल्यमा लगातार दश दिन भन्दा धेरै समय सकारात्मक सर्किट लागेको छ भने अहिले पनि ५ लाख भन्दा धेरैले शेयर खरिद माग गरेका छन ।