काठमाण्डौ – मंगलबार प्रि ओपनिङ सेसनमा नेप्से करिव ११ अंकले बढेको छ ।
पछिल्ला केहि साता नेप्से निरन्तर घट्नेक्रम जारीनै छ तर पनि यो सेसनमा भने नेप्से बढेको छ । आज ३० कम्पनीहरुको २० लाख माथिको कारोबार हुँदा २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।
यो सेसनमा ग्लोबल आईएमई बैकको सबै भन्दा धेरै प्रतिशत शेयर मूल्य बढेको छ भने उपर तामाकोशीको सबै भन्दा धेरै कारोबार भएको छ ।