काठमाण्डौ – पछिल्लो केहि साता नेपाली शेयर बजार निकै ओरालो लागेको छ । २७ सय पार पुगेको नेप्से अहिले २३ आसपास आएको छ तर पनि नेपाली लगानीकर्ताको उत्साहजनक सहभागीता भने देखिएको छ ।
यसै विच फर्स्ट माइक्रोफाइनान्सले आज मंगलबारदेखि संस्थापक समूहको २५ हजार कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँमा यो सेयर बिक्री खुला गरेको हो ।
लगानीकर्ताले यसलाई न्यूनतम आधार मूल्य मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसमा बैशाख ६ गतेभित्र बिक्री प्रबन्धक मुक्तिनाथ कमलादी, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । यसमा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र बैशाख ७ गते बिहान १० बजे मुक्तिनाथ कमलादी, काठमाडौँमा खोलिनेछ ।