दुई जिउकी रञ्जितालाई छोडेर गणेश परदेश पसेपछि – भिडियो सहित

काठमाण्डौ । यसो त ६० लाख नेपालीहरु जिवन जिउने गुजारा खोज्नको लागि विदेशको भुमिमा छन । दैनिक ४ जनाको लाख काठको बाकसमा नेपाल फर्किने तीतो यर्थाथ सबै माझ रहेको छ ।

नेपाली लोकदोहोरीमा प्रदेशीको बेदनालाई सबैभन्दा धेरै गीतमा उठाउने गरिएको छ । यसै विच यस्तै एउटा बेदनाले भरिएको गीत भालेको डाकैमा भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै मर्मस्पर्शि सो गीतलाई गणेश अधिकारी र कमला पोख्रेलले आवाज दिएका छन भने कमल पौडेलले शब्द सिर्जना गरेको गीतमा लय भने गायक अधिकारीकै रहेको छ ।

दिपिका म्युजिक प्रा.लिले बजार ब्यवस्थापन गरेको सो गीतमा रञ्जिता गुरुङ र गणेश अधिकारीको दमदार अभिनय रहेको छ । गीतलाई कपिल लामाले निर्देशन गरेका छन ।

प्रतिक्रिया