सिराहाको लहान स्थित मालपोत कार्यलयमा अज्ञात समुहद्वारा बम बिस्फोट

सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ ।

मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समुहले बम विष्फोट गराएको प्रदेश–२ प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले बताए ।

विष्फोटमा परेर नायव सुब्बा शिव कुमार यादव गम्भिर घाइते भएका छन् । अरुदुईजना सामान्य घाइते छन् । घाइतेको लाहान अस्पतालमा उपचार भइरहेको छ । विष्फोट गराउनेहरुको खोजी भइरहेको डिआईजी सिंहले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रेशर कुकर बम विष्फोट गराएको थाहा भएको छ ।

प्रतिक्रिया