काठमाण्डौ – केहि समय पहिला बैतडीकी किरोशी भागरथी भट्टको हत्यारालाई सुधार गृह पठाइने भएको छ । उनको उमेर १६ बर्ष मात्र भएको हुँदा उनलाई सुधार गृह पाउन लागिएको हो ।
उनलाई सरकारी वकिल कार्यालयले मङ्गलबार अदालत बुझाएको थियो। अदालतले उनी १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको हो।
उनलाई बुधबार डोटीमा रहेको सुधारगृह पठाउने तयारी रहेको गरिएको छ। गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन्।