काठमाडौं नेपाली हिन्दुहरुको महान पर्व शिवरात्रि फागुन २७ गते परेको छ । यो दिन सरकारले देशैभरि सार्वजनिक विदा समेत दिएको छ ।
सर्वसाधारणको लागि केहि समय पहिला देखि खुलेको पशुपतिनाथ मन्दिरमा विशेष त शिवरात्रिमा भक्तजनको निकै भिड लाग्ने गर्दछ । यसपालिको शिवरात्रिमा पशुपतिनाथ मन्दिरमा मास्कविना प्रवेशमा रोक लगाइने भएको छ । पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गर्दै कोरोना महामारीका कारण मास्कविना दर्शनार्थीलाई प्रवेशमा रोक लगाइने जनाएको छ ।
यसपालिको शिवरात्रि फागुन २७ गते परेको छ । शिवरात्रिमा दश लाख दर्शनार्थी पशुपति दर्शनमा आउने कोषको अनुमान छ । शिवरात्रिको सम्पूर्ण व्यवस्थापकीय तयारी भइसकेको कोषले जनाएको छ ।