• गृहपृष्ठ /
  • Breaking News ,
  • English ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

साताको तेस्रो दिन नेप्से २३ अंकले घट्यो नेप्से,कारोबार रकम ५ अर्व पनि पुगेन

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ।

मंगलबार नेप्से सूचक २३ अंक भन्दा बढिले घटेर २४ सय ६२ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ४।४७ अंकले घटेर ४४५।२१ विन्दुमा झरेको छ।

यस दिन २१० वटा कम्पनीको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १४७ रुपैयाँमा खरिद बिक्री भएको छ। अघिल्लो कारोबार दिन सोमबार ५ अर्ब रुपैयाँ माथिको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम थप घटेको हो।

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये तीन उपसमूहको सूचक सकारात्मक देखिएको छ। चन्द्रागिरी हिल्सको शेयरमूल्य उच्च दरले बढ्दा होटल तथा टुरिजम उपसमूहको सूचक सबैभन्दा धेरै २।९८ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि १।८ प्रतिशतले बढेको छ।

प्रतिक्रिया