यात्रा गर्दै हुनुहुन्छ ? मुग्लिन – नारायणघाट सडक बन्द छ नी !

काठमाडौ – पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ।

आइतबारदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । विगतमा सडक निर्माणको समयमा पनि लामो समय यो खण्ड बन्द गरिँदै आएको थियो ।

सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इञ्जिनीयर सविना रानाभाटको भनाइ छ।

उनले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने छ ।गत असार पहिलो हप्ता पहिराले बगाएको क्षेत्रमा काम गर्न लागिएको हो।

सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ।

उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ–मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ।

वैकल्पिक सडक प्रयोग गर्न नमिल्नेहरुले धैर्यधारण गरी लेन अनुशासन पालना गरी ट्राफिक प्रहरी र कर्मचारीको अनुशासन पालन गर्न भनिएको छ।

प्रतिक्रिया