नेपालको चर्को विरोधपछि भारतले भन्यो - तुईन काट्ने घटनामा हाम्रो संलग्नता छैन्

काठमाण्डौ - तुइनको डोरी काटेर नेपाली युवा महाकाली नदीमा बेपत्ता बनाएको घटनामा भारतीय प्रहरीको जवाफ आएको छ । 

 

उनीहरूले यो घटनामा आफूहरुको संलग्नता नरहेको दाबी गरेको छ । दार्चुला प्रहरीले घटनाको विषयमा प्रश्न गर्दै भारतीय एसएसपीलाई पत्र पठाएको थियो । 

शनिबार भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै महाकालीमा युवक खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार गरेको पत्राचारका आधारमा पिथौरागढका जिल्ला अधिकारीले आज पठाएको लिखित जवाफमा तुइन तर्न नसकेर युवक आफैं खसेको र बाहिर आएजस्तो एसएसबीको संलग्नता नरहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया