काठमाण्डौ – लामो समयदेखि धेरैको प्रतिक्षाको विषय बनेको एउटा सपना आज पूरा भएको छ । मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ।
मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो।
आयोजनाले परीक्षणका लागि फागुन १० गते सुरूङमा पानी छाडेको थियो। यसअघि गएको असारमा पहिलोपटक गरिएको परीक्षण असफल भएको थियो।
ओलीले switch on गरेपछि सुरुङ्गामा जम्मा भएको पानी बाग्मतीमा गएको थियो । प्रधानमन्त्री ओलीले सो कुराको चाख दिएर अवलोकन गर्नु भएको थियो ।