सुमन ढकालको शब्द रचनामा चक्चके मायाले चर्चा पाउदै(भिडियो सहित)

काठमाण्डौ – बजारमा नयाँ लोक तथा दोहोरी गीतहरु आउने क्रम जारीनै छन् । धेरै समय अघिबाटै सांगितिक यात्रा गर्दै अगाडी बढिरहेका लोकप्रिय सर्जक एवम् गीतकार सुमन ढकालको नयाँ गीत “चक्चके माया” बजारमा सार्बजनिक भएको छ ।

बिक्रम क्षेत्री, ओम सेन्चुरी, नरेन्द्र टमट्टा र गायिका मेनुका परियारको आवाजमा रहेको गीतलाई रोशन परियारले लय गरेका हुन् भने सुमन ढकालले शब्द कोरेका हुन् । गीत फरक शैलीमा बनेको छ ।

दोहोरी पाटोमा अहिले बजारमा मौलिक गीतहरुले ठाँउ पाउदै आएका छन् ।”फुल बसाको चक्चके मायाले कति हसाको” बोलको गीतमा दम देखिएको छ चक्चके बोलको भाकामा हासो माया यस्तै मिठा खालको शब्द चयन गरिएको पाइएको छ । तेजेन्द्र गौतम, टिका सानु, रविना वसेल, प्रेम खड्का, हरी बिडारी र कृष्ण परियारको दमदार अभिनय रहेको म्युजिक भिडियोलाइ दिपक गिरिले छायांकन विकास ज्ञवालीले सम्पादन/कलर गरेका छन् भने निशान एस केले निर्देशन गरेका छन् ।

भिडियो मेशना म्युजिकको युटुव च्यानलबाट आज देशभर सार्वजनिक भएको छ । सम्पूर्ण टिमलाई गीत सफलताको शुभकामना ।
गीतको पुरा भिडियो :

प्रतिक्रिया