रुरुको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं– रुरु जलविद्युत् परियोजना लिमिटेडले निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) भने आज अन्तिम दिन हो । फागुन ७ गतेबाट आईपीओ निष्काशन गरेकोमा आज (फागुन २१)सम्म आईपीओ भर्न सकिने बिक्री प्रबन्धकमा एनएमबि क्यापिटलले जनाएको छ ।

रुरुले ४ करोड ७ लाख ७० हजार ५०० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गरेको थियो । यो आईपीओमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाले मात्र आवेदन भर्न पाउँछन् । दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ । लगानीकर्ताहरुले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ४ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

यापिटलका अनुसार स्थानीयले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकका गुल्मी जिल्लास्थित शाखाहरु तम्घास, खैरेनी, शान्तिपुर, मजुवा, वामिटक्सार र बलेटक्सार तथा गरिमा विकास बैंकका शाखाहरु तम्घास, शान्तिपुर, मजुवा, गैंडाकोट र कुमारी बैंकको रिडी शाखाबाट पनि आवेदन दिन सकिनेछ।

प्रतिक्रिया