बाग्लुङका लोकप्रिय गायक युवराज आचार्यको पानी घैलाको विस्तारै चर्चाको शिखरमा पुग्दै

काठमाण्डौ – विगत एक दशक भन्दा लामो समय देखि नेपाली लोकदोहोरीमा आफ्नो परिचय दिन सफल गायक तथा सर्जक युवराज आचार्यको केहि समय अघि सार्वजनिक भएको गीत पानी घैलाको दर्शक स्रोताको मन जित्न सफल भइरहेको छ ।

एक दर्जन भन्दा धेरै उत्कृष्ट सिर्जनाहरु सार्वजनिक भएका आचार्यका दर्जनौ गीतहरु सार्वजनिक भएका छन । मौलिक सिर्जना मात्र होइन स्रोताको ओठमा झुन्डीन सक्ने लय शब्द र आवाज समेत दिन सक्ने आचार्यका धेरै गीतहरु निकै चर्चामा रहेका छन ।

रोजगारीको शिलशिलामा जापानमा रहेका आचार्यका त्यहिबाट पनि निरन्तर गीतहरु सार्वजनिक भइरहेका छन ।

पछिल्लो गीतमा उनलाई आवाजमा सुनिता बुढाले साथ दिएकी छन भने लय शब्द आचार्य स्वयमको रहेको छ । काजीश श्रेष्ठको निर्देशन रहेको गीतमा श्रेष्ठका अलावा लोमश शर्मा र गरिमा शर्माको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया