किन घटिरहेको छ शेयर बजार ?


काठमाडौं–पछिल्लो समय लगातार शेयर बजारमा गिरावट आए पछि लगानीकर्ता चिन्तित छन् । गत फागुन २९ गते २६६७.९७ अंकसम्म पुगेको शेयर बजार त्यस यता लगातार घटिरहेको छ । बजार घट्दा लगानीकर्ता चिन्तित छन् । किन घटिरहेको छ त शेयर बजार ? चैतमा ब्याजको असर र सँगै कर उठ्तिमा समेत दबाव पर्ने भएकोले बजार घटेको अनुमान गरिएको छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल ट्याक्सको लागि ब्याजको लागि पैसा जोहो गर्दा शेयर बजार घटेको दाबी गर्छन् । चैत मसान्तमा ब्याज तिर्नु पर्ने र प्रणालीबाट धेरै पैसा बाहिरिने भएकाले बजार घटेको तर्क गर्छन् । निरासका  लगानीकर्ताबीच केही लगानीकर्ताले भने बजार घट्दैन भन्न छाडेका भने छैनन् । पछिल्लो समय घटेको बजारलाई लिएर लगानीकर्ताहरूले चैतको असर भनेर चित्त बुझाउन थालेका छन्। 


बजार घट्नुको कारण चैत मसान्त भन्दै गर्दा उनी बजार यही कारणले मात्रै घटेको भनेर ढुक्क भने भएको देखिँदैनन् । तरलतालाई समेत बजार घट्नुको मुख्य कारणको रुपमा औँल्याएका छन् ।  बजारले बिस्तारै पुरानै लय समात्ने आँकलन पनि छ । वैशाख लागेसँगै निर्वाचनको चहल पहल सुरु हुने र निर्वाचनमा पैसा खर्च भए पछि बजार बढ्ने अपेक्षा गरिएको छ । ढकालले लगानीकर्तालाई समेत केही दिन धैर्य गर्न सुझाएका छन् ।  ढकालले लगानीकर्ताको मनोबल उकास्न खोजे पनि शेयर बजारले भने त्यस्ता कुनै विषयलाई पत्याएको छैन । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय