• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नयाँ म्युचुअल फण्डको शेयर निष्कासन हुने

काठमाडौं–लगानीकर्ताका लागि नयाँ अवसर छ । सनराइज क्यापिटल म्युचुअल फण्डले शेयर निष्काशन गर्ने भएको छ । धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरु म्युचुअल फण्डहरुमा आकर्षित भइरहेका बेला सनराइज क्यापिटलले अर्को म्युचुल फण्ड निष्काशन गर्न लागेको हो । क्यापिटलले सनराइज ब्लूचिप फण्ड निष्काशन गर्न लागेको हो ।

फण्डको इकाईका लागि चैत १ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । यसअघि सनराइज क्यापिटलले यस अघि सनराइज फर्स्ट म्युचुअल फण्ड सञ्चालनमा ल्याएको थियो । यो दश वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवद्र्धन सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

फण्डको इकाईमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा चैत १६ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया