काठमाडौं - गैंडाकोटमा भर्खर निर्माण सम्पन्न भएर सञ्चालनमा आएको मौलाकाली केबलकार आन्तरिक पर्यटकको आकर्षित गन्तव्य बनिरहेको छ ।
मौलाकालीका मन्दिर सम्म जान सक्ने गरी निर्माण गरिएको यो केबलकारको छोटो समयमै पर्यटकको मन् जित्न सफल भएको छ । चितवन,बुटवल,तनहुँ लगाएतका धार्मिक पर्यटक साथै घूम घामको लागि आउने पर्यटकको लागि यो ठाउँ अहिले निकै चर्चामा छ ।
औसत मूल्य र आस्थाका आधारमा पनि केबलकार ले सबैको मन् जितिरहेको केबलकारको सहायक व्यवस्थापक कमल राज ढकालले जानकारी दिनु भयो ।
सामान्य अवस्थाको तुलनामा मौलाकालीका मन्दिर जाने भक्तजनहरूको संख्या पनि केबलकार आएपछि बढेको तथ्यांकले देखाउँछ ।
औसतमा दैनिक ७ सय जनाले कम्पनीको सेवा पाइरहेको सहायक व्यवस्थापक ढकालले बताउनु भयो । विभिन्न चाड पर्व साथै धार्मिक तिथि परेको दिनहरूमा यो संख्या निकै बढ्ने गरेको छ भने एकै दिन ५ हजार हाराहारीले केबलकार प्रयोग गरेको रेकर्ड पनि छ ।
यो केवलकार आइएमई समूहको मुख्य लगानीमा निर्माण भएको हो । यो कम्पनीले चन्द्रागिरी केबलकार साथै अहिले बुटवलमा पनि केबलकार सञ्चालन गरिरहेको छ ।
मौलाकाली केबलकार वैशाख १८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । कम्पनीको २ अर्ब लगानी भएको छ । यसको १२ सय मिटर लम्बाई रहेको छ । सो सेवामा १२ वटा गुन्डेला मार्फत सेवा दिनु भएको बताउनु भयो ।