आरएमडीसी लघुवित्तको सवा दुई लाख कित्ता शेयर बिक्रीमा

काठमाण्डौं–शेयर बजारमा लगानी गर्न चाहानेका लागि अवसर छ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको करिब सवा दुई लाख कित्ता शेयर बिक्रीमा राखिएको हो । एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयर मंगलबारबाट लिलामीमा राखिएको छ ।
एनआईसी एसियाको २ लाख २० हजार कित्ता संस्थापक सेयर न्यूनतम मूल्य ४३४ रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने बिक्री प्रबन्धक एनआईसी क्यापिटलले जनाएको छ । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा भने सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। बोलपत्र चैत २३ गतेसम्म पेश गर्न सकिने छ ।

प्रतिक्रिया