काठमाण्डौ – जाडो मौषम विदा भएसँगै गर्मिको बेला नेपालमा आगलागीका घटना निकै बढ्ने गर्दछन् । यसै विच ताप्लेजुङको दोभान बजारमा भिषण आगलागी भएको छ । जसबाट कम्तिमा ४० घर जलेर नष्ट भएका छन्।
अहिले पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगलागी भयो भन्ने अहिले सम्म खुल्न सकेको छैन । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ स्थित दोभान बजारमा आज बिहान सवा नौ बजेदेखि आगलागी सुरू भएको थियो।
अहिले एउटा दमकलले मात्रै आगो निभाइरहेको बताउँदै उनले पाँचथरको दमकल आइपुग्न लागेको जानकारी दिइन्। आगलागीले अहिले सम्म मानविय क्षति भएको खवर भने आएको छैन ।