काठमाण्डौ – साताको पहिलो दिन आइतबार दिने प्रि ओपनिङ सेसनमा नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से करिव ४ अंकले बढ्दै २५ सय ५७ विन्दुमा पुगेको छ ।
३५ कम्पनीहरुको कारोबार भएकोमा एक दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य ५ प्रतिशतले बढेको छ । त्यस्तै सबैको चासो रहेको नेपाल पुर्वाधार विकास बैकको शेयर भने यथावत रहेको छ । शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबारहुँदा ३ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १७ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।
यो सेसनमा आज २ करोड ८९ लाख भन्दा धेरैको कारोबार भएको छ ।