काठमाण्डौ – बहुप्रतिभाका धनि लोकप्रिय सर्जक तथा गायक गणेश अधिकारीको नयाँ गीत झोला भिरम्ला भर्खर मात्र सार्वजनिक भएको छ ।
गणेश अधिकारी र कमला पोखरेलको आवाज रहेको सो गीतले माया प्रेमलाई विषय बनाएको छ । गीतमा अत्यन्तै उत्कृष्ट शब्द रहेका छन । आजै सार्वजनिक भएको गीतका केहि शब्दहरु सामाजिक सञ्जालहरुमा निकै रुचाइएका थिए ।
मायामा एकले अर्कोलाई सम्मान गरिएको विषयलाई गीतले कलात्मक रुपमा उठाएको छ । बसन्त नेपाली र गणेश अधिकारीले सिर्जना गरेको सो गीतमा सारिका केसी र अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।
गीतलाई लोकप्रिय निर्देशन स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने योग्सना डिजिटलले बजार ब्यवस्थापन गरेको छ ।