काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक ९५ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २४२० विन्दुमा पुगेको छ । लामो समयको एकोहोरो घटाइपछि आज बजारमा हरियाली छाएको हो ।
नेप्सेसँगै कारोबार रकम पनि बढेर २ अर्ब ५३ करोडमाथि पुगेको छ । आज कारोबार भएका मध्य १९३ भन्दा धेरै कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकीको भने घटेको छ । एक दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा सानिमा बैंकको संस्थापक शेयर सबै भन्दा धेरै खरिद बिक्री भएको छ ।
जीवन बीमा समूहको उपसूचक सबै भन्दा धेरै बढेर कारोबार भएको छ । यस दिन कारोबारमा आएका ४ वटा स्टकको मात्र मूल्य घटेको छ। जसमध्ये दुई ऋणपत्र रहेका छन्। सो बाहेक यस दिन नेष्डो समृद्ध लघुवित्त र सिद्धार्थ इक्विटी फण्डको मूल्य सामान्य घटेको हो।
आइतबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८।६० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक ७।३२ प्रतिशत, विकास बैंकको ६।५७ प्रतिशत, लगानीको ५।६६ प्रतिशत र निर्जीवन बीमा तथा अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेका छन्।