काठमाण्डौ – साताको अन्तिम दिन नेप्से ४४ अंक भन्दा धेरैले घटेको छ ।
अत्यधिक विक्रि चापका कारण आज नेप्सेमा पहिरो गएको हो । कारोबार भएका अधिकांस कम्पनीको शेयर मूल्य घट्दा बजार २५ सय ५४ विन्दुमा पुगेर बन्द भएको छ ।
आज २ सय ६ कम्पनीको शेयर कारोबार भएको थियो । जसमध्य १० कम्पनीको मात्र शेयर मूल्य बढेको थियो भने बाँकी सबैको घटेको छ । विगतको तुलनामा आज कारोबार रकम पनि निकै न्युन रहेको छ । आज ८३ हजार पटक कारोबार हुँदा ६ अर्वको खरिद विक्रि भएको छ ।
नेप्सेका सबै उपसूचकहरु घट्दा चन्द्रागिरी हिल्सको शेयर कारोबार भने सकारात्मक सर्किट लेवरमा भएको छ । सबैले चासोको रुपमा हेरेको निफ्र्राको शेयर मूल्य पनि आज घटेको छ । प्रति शेयर १९ रुपैयाले घटेर ५ सय ४३ मा कारोबार भएको छ ।