काठमाण्डौ । नेपालीको शिर उच्च बनाउने काम गरेका प्रोफेसनल मास्टरसेफ सन्तोष साह आज नेपाल आएका छन ।
प्रतियोगितामा नेपाली खाना प्रस्तुत गरेर चर्चित बनेका साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नका लागि नेपाल पर्यटन बोर्ड, द ग्लोबल एकाडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन र भ्वाइस अफ सेफका सदस्यहरुले स्वागत गरेका थिए ।
साह प्यासिफिक एसिया ट्राभल एशोसिएशनको कार्यक्रममा मुख्य वक्ताका रुपमा सहभागी हुन आएका हुन् । उनलाई सो कार्यक्रममा पाटा पर्सनालिटी अफ द इयरले पनि सम्मानित गरिनेछ ।
साह दुई महिना नेपालमा बस्नेछन् । यसक्रममा उनले नेपालको विभिन्न भागमा पुगेर आफ्नो नयाँ किताबको लागि रिसर्च गर्ने छन् ।