काठमाण्डौ । अभिनयमा मार्फत आफ्नो परिचय फराकिलो बनाउदै गइरहेका विरही बस्यालले दमदार अभिनय गरेको नयाँ गीत रुमाल धुन पर्यो भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाई तयार पारिएको गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । खेम सेञ्चुरी र शान्ती श्री परियारको अवाज रहेको सो गीतलाई नेत्र अर्यालले सिर्जना गरेका हुन भने खेम सेञ्चुरीकै लय सिर्जना रहेको छ ।
जुना गुरुङसँग विरही बस्यालले मनमोहक निर्देशन गरेको सो गीतमा विनोद भण्डारीको निर्देशन रहेको छ ।