• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नेप्सेका अधिकांस सूचकमा बुधबार हरियाली,नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम भने घट्यो

काठमाण्डौ – मंगलबार राजनितिक हल्लाका विच दोहोरो अंकले गिरेको नेपाली शेयर बजार बुधबार भने पुरानै लयमा फर्किएको छ ।

दिनैभरि खरिद विक्रीको चापले नेप्सेमा उतारचढाव आइरहयो । नेफ्राको शेयर खरिद विक्री चापले नेप्सेको सिस्टममै समस्या उत्पन्न हुँदा केहि समय कारोबार रोकिएको थियो ।

आज नेप्से दोहोरो अंकले बढेको छ । १३ अंकले बढेर बजार २५ सय ९९ विन्दुमा पुगेको छ । आज नेप्सेका अधिकांस सूचकहरुमा हरियाली पोतिएको छ तर अन्य र जलविद्युतमा भने रातो पोतिएको छ ।

नेप्से बढे पनि अपेक्षीत रुपमा कारोबार रकम भने बढ्न सकेन । आज २ सय ४ कम्पनीहरुको ६ अर्व ७० करोड बराबरको कारोबार भएको छ । त्यस्तै ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

१ सय ११ कम्पनीको शेयर मूल्य बढ्दा ५१ कम्पनीको शेयर मूल्य घटेको छ साथै १३ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

आज आईएमई इन्स्योरेन्सका शेयर सदस्यले सबैभन्दा धेरैका कमाएका छन भने नेफ्राका शेयर सदस्यहरुले सबै भन्दा धेरै गुमाएका छन ।

प्रतिक्रिया