आरम्भ चौतारी लघुवित्तको लाभांश घोषणा,शेयर धनिभने दुखि

काठमाण्डौ – अघिल्लो बर्षको नाफाबाट लाभाशं घोषणा गर्न बाँकी मध्यको एक आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस घोषणा गरेको छ ।

संस्थाको फागुन १२ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८।८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।मर्जरमा गएको हुनाले बोनसमा कर नलाग्ने भएकाले संस्थाले नगद लाभांश भने प्रस्ताव गरेको छैन ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रतिक्रिया