काठमाण्डौ – कारोबार भइरहेकै समयमा नेप्सेको साइटमा समस्या आए पछि अहिले साइट Down गरि मर्मत कार्य गरिँदै छ ।
बुधबार नेप्से सामान्य अंकले बढेर कारोबार भइरहेका बेला एक्कासी ८२ अंकले गिरावट आएको देखिएको थियो । त्यति मात्र होइन स्टकको मूल्य र खरिदकर्ता सम्बन्धी विवरण समेत गलत देखिएको थियो ।
के कारणले यस्तो भयो भन्ने कुरा नेप्सेले आधिकारीक रुपमा जानकारी दिएको छैन ।