• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

पुरानै लयमा फर्किने संकेत दियो शेयर बजारले,प्रि ओपनिङ सेसनमा १३ अंकले बढ्यो बजार

काठमाण्डौ । देशमा संकटकाल लाग्ने हल्लाले मंगलबार दिनैभरि घटेको शेयर बजार बुधबार भने पुरानै लयमा फर्किन संकेत गरेको छ ।

आज प्रिओपनिङ सेसनमा शेयर बजार करिव १४ अंकले बढेको छ । त्यस्तै कारोबार भएका अधिकांस शेयरको मूल्य बढेको छ । यो सेसनमा आज ७५ कम्पनीको शेयर कारोबार भएको थियो । जसले ४६ करोड भन्दा धेरैको कारोबार गरेका छन ।

कारोबार भएका मध्य ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ त्यस्तै १३ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । आज नेफ्र्राको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ भने सबै भन्दा धेरै कारोबार पनि यहि कम्पनीको भएको छ ।

प्रतिक्रिया