काठमाण्डौ – नेपाली शेयर बजारले राजनितिक प्रभाव पचाएको भनिए पनि आज भने त्यसको असर प्रष्ट देखिएको छ ।
राजनितिको हावाले शेयर बजारमा नराम्रोसँग प्रभाव पारेको छ । नेपाली लगानीकर्ताहरु आत्तिएर शेयर विक्रि चाप बढाउँदा नेप्सेमा दोहोरो अंकको गिरावट आएकोे छ ।
नेप्से घटे पनि कारोबार रकम भने सन्तोषजनकनै रहेको छ । यसरी हेर्दा सस्तोमा शेयर निन्नेको दवावमा शेयर बजार परेको देखिन्छ । सुरुको अवस्थामा बढ्ने संकेत देखाएको शेयर बजार कुनै बेला ८६ विन्दले सम्म गिरावट आएको थियो । तर बजार बन्द हुने बेलामा भने केहि सम्हालिएको थियो ।
आज नेप्से करिव २२ अंकले गिरेको छ भने २ सय ५ कम्पनीको कारोबार भएको छ । त्यस मध्य ४६ कम्पनीको शेयर मूल्य बढेका छ । जसमा ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १ सय १८ कम्पनीको शेयर मूल्य घट्दा ११ कम्पनीके शेयर मूल्य भने यथावत रहेको छ । आज निफ्राको सबै भन्दा धेरै कारोबार भएको छ भने नकारात्मक सर्किट समेत लागेको छ ।
आज ब्यापार बाहेक अन्य सबै उप सूचहरुमा रातो पोतिएको छ । नेप्से घटे पनि कारोबार रकम भने ८ अर्व ५६ कारोड माथि पुगेको छ ।