काठमाण्डौ । मंगलबार प्रि ओपनिङ सेसनमा नेप्से २० अंकले बढेको छ ।
सोमबार नेप्सेमा पहिरो गए पनि मंगलबार भने बजार सम्हालिने संकेत देखिएको छ । ४९ कम्पनीहरुको कारोबार भएकोमा ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
आज यो सेसनमा १ करोड ४५ लाख भन्दा धेरैको कारोबार भएको छ भने एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य ५ प्रतिशतले बढेको छ ।