वैशाख बन्यो आइपीओको महिना,२८ गते नयाँ आवेदन खुल्ने

काठमाडौं - करिब आधा वर्ष ठप्प रहेको प्राथमिक शेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष आएसँगै तातेको छ । 

पाइपलाइनमा रहेका धेरै कम्पनीहरुले यस बीचमा अनुमति पाएका छन् भने नयाँ वर्षको वैशाख महिना आइपीओको महिना भएको छ । स्थानिय र सर्वसाधारणको लागि गरेर कम्पनीका धमाधम नयाँ आइपीओ आइरहेका छन् । यसै बीच भर्खर मात्र स्थानीयलाई प्राथमिक शेयर निष्कासन गरेको रिभर फल्स पावर लिमिटेडले वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि पनि आइपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले २७ लाख ३० हजार कित्तामध्ये ५४ हजार ६०० कित्ता अर्थात् २ प्रतिशत कम्पनीका कर्मचारी र १ लाख ३६ हजार ५०० कित्ता अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओ निष्कासन छिटोमा जेड ४ गते र ढिलोमा जेठ ११ गते बन्द हुनेछ । आवेदकहरुले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीले प्रबर्द्धन गरिरहेको पिलवुवा खोला जलविद्युत् १०.३० मेगावाट आयोजनाको कुल अनुमानित लागत प्रतिमेगाबाट १८ करोड ५ लाख १५ हजार रुपैयाँ छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय